+
+

छिटै आउनसक्छ एक्सको सुपर एप, एलन मस्कले गरे यस्तो संकेत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १२:५३

गत वर्ष सार्वजनिक एक रिपोर्टमा सोसल मिडिया प्लाटर्फम एक्सका मालिक एलन मस्कले एउटा सुपर एप निर्माणमा काम गरिरहेको उल्लेख थियो । सो एप आएसँगै एउटै एपबाट विभिन्न खालका कामहरु गर्न सकिनेछ ।

एलन मस्कले @teslaownersSV नामक एक्स अकाउन्टमा हालै एउटा पोस्ट गरेका छन् जुन एउटा प्रोमो भिडियोको रुपमा रहेको छ।

सो प्रोमो भिडियोमा एक्सको लोगो समावेश छ र त्यसमा THE EVERYTHING APP लेखिएको छ ।

के के हुन्छ सुपर एपमा ?

वास्तवमा सुपर एप भनेको एउटा यस्तो खालको एप हो जसमा विभिन्न खालका सुविधाहरु उपलब्ध हुन्छन् ।

उदाहरणका रुपमा एक सुपर एपमा सोसल मिडिया एपदेखि लिएर अनलाइन सपिंग र पेमेन्टसँगै यात्राका लागि टिकट बुकिङ सम्मका सुविधाहरु उपलब्ध हुन्छन् ।

उसो त एक्सले गत डिसेम्बरमै अमेरिकामा मनी ट्रान्सफरको लाइसेन्स प्राप्त गरिसकेको छ । तर यसका विषयमा आधिकारिक करुपमा एक्सले अहिलेसम्म कुनै पनि जानकारी दिएको छैन । उक्त लाइसेन्स प्राप्त भएपश्चात् एक्समा भुक्तानी ट्रान्सफर गर्ने सुविधा उपलब्ध हुन सक्दछ । त्यसपछि एक्स प्रयोगकर्ताले एक अर्काको एक्स अकाउन्टै पैसाको कारोबार गर्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?