+
+

रौतहट पुगेर ओलीले गरे माधव नेपालको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:२०

२५ माघ, रौतहट । नेकपा एमाले रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन उद्घाटन गर्न आएका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी माधवकुमार नेपालको आलोचना गरेका छन् । उनले अर्को चुनावमा माधव नेपालको राजनीति समाप्त हुने ठोकुवासमेत गरे ।

‘आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै हिँडेका माधव नेपाललाई गठबन्धनले नै लात हानेर निकाले घरका न घाटका हुन्छन्’, अध्यक्ष ओलीले भने, ‘पार्टी विरोधी, सुशासनविरोधी तथा भ्रष्ट तत्वहरुको मतियार भएर तिनको सहयोगी भएर तिनको पछि पछि हिँडेका छन् माधव नेपाल ।’

एमालेले १५ वर्षसम्म पार्टी प्रमुख बनाएका व्यक्तिले पार्टीकै सरकार ढालेर कांग्रेसको सरकार बनाउन सहयोग गरेको भन्दै ओलीले आलोचना गरे । ‘नेकपा एमालेले १५ वर्ष पार्टीको प्रमुख बनायो, प्रधानमन्त्री बनायो तर उनले दुई तिहाइको अवस्थामा पुगेको पार्टीको सरकार ढालेर कांग्रेसको पाउमा लगेर सरकार बुझाउने व्यक्ति माधव नेपाल हुन् ।’

सत्ता गठबन्धनका कारण देशको दुर्दशा भएको भन्दै उनले सरकारका कारण विकासका आयोजनाहरुले गति लिन नसकेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?