+
+

ओस्कार अवार्डमा ‘कास्टिङ’ विधा थप गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १३:०३

काठमाडौं । कास्टिङ विधामा पनि अबदेखि ओस्कार अवार्ड प्रदान गरिने भएको छ । एकेडेमी अफ आर्ट्स साइन्सेजले शुक्रबार विज्ञप्ति जारी गर्दै २०२६ सालको ओस्कार (२०२५ मा रिलिज भएका फिल्म)मा यो विधा पनि थप गरिएको हो ।

ओस्कारको यो निर्णयले भविष्यमा अन्य विधा पनि थप हुनसक्नेबारे प्रश्नहरु उब्जाएको छ । यो विधाका लागि योग्यताको मापदण्डबारे भने सन् २०२५ को अप्रिलमा मात्र विस्तृत खुलाइनेछ ।

यो विधामा प्रस्तुतिको विधिको निर्णय भने एकेडेमीका बोर्ड अफ गभर्नर्स र प्रशासकीय नेतृत्वले गर्नेछन् । फिल्म निर्माणमा पर्दा पछाडिका नायक मानिने कास्टिङ डाइरेक्टरले मूलधारको अवार्ड विरलै सम्मान पाउँछन् ।

९६ वर्षको इतिहास बोकेको ओस्कारमा अन्य सम्भावित विधा पनि थप हुनसक्ने चर्चा सुरु भएको छ । निकट भविष्यमा स्टन्ट विधामा पनि अवार्ड दिइन सकिने जनाइएको छ । साग अवार्डले भने यो विधामा लामो समयदेखि पुरस्कृत गर्दै आएको छ ।

भ्वाइस पर्फमेन्सेस, टाइटल डिजाइन, म्युजिक सुपरभिजन, हेयर, मेकअप जस्ता विधा पनि थप्न आवाज उठिरहेको छ । तर केही मानिस भने कास्टिङ विधा थप्ने ओस्कारको निर्णयलाई लिएर चिन्तित देखिन्छन् ।

बाफ्टा र साग अवार्डले पहिल्यैदेखि कास्टिङ विधामा पनि अवार्ड प्रदान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?