+
+

दुई शतकका बाबजुद अफगानिस्तान श्रीलंकासँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते ७:५५

२७ माघ, काठमाडौं । आजमतुल्लाह ओमरजाई र मोहम्मद नाबीको सानदार शतकका बाबजुद अफगानिस्तान पहिलो ओडीआई खेलमा घरेलु टोली श्रीलंकासँग ४२ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ ।

जितको लागि ३८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रन बनाउन सक्यो । ओमरजाई ११५ बलमा १३ चौका र ६ छक्कासहित १४९ रनमा नट आउट रहेपनि जिताउन पर्याप्त रहेन । मोहम्मद नाबी १३० बलमा १५ चौका र ३ छक्कासहित १३६ रनमा आउट भए । अन्य अफगानि ब्याटरको प्रदर्शन सम्झन लायक रहे ।

एक समय ५५-५ को दयनीय अवस्थामा पुगेको अफगानिस्तानलाई छैटौं विकेटका लागि नाबी र ओमरजाईले २४२ रनको साझेदारी गर्दै खेललाई रमाइलो बनाएका थिए । श्रीलंकाका प्रमोद मदुशानले १० ओभरमा ७५ रन खर्चेर ४ विकेट लिए । दुश्मन्था चमिराले ७.३ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३८१ रन बनाएको थियो । श्रीलंकाको जितमा पाथुम निसांका १३९ बलमा २० चौका र ८ छक्कासहित २१० रनको अविजित दोहोरो शतकीय इनिङ खेले ।  निसांका ओडिआईमा दोहोरो शतक हान्ने श्रीलंका पहिलो खेलाडी बनेका छन् ।

यसअघि सन् २००० मा सनाथ जयसूर्याले भारतविरुद्ध १८९ रन नै श्रीलंकाका ब्याटरको ओडिआईमा एकै खेलमा सर्वाधिक रन थियो ।  श्रीलंकालाई ओपनर पाथुम निसांका र अविष्का फ्रेनान्डोले २६.२ ओभरमा १८२ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

फ्रेनान्डो ८८ बलमा ११ चौका र ३ छक्कासहित ८८ रन, कुशल मेन्डिस १६, सदिरा समाराविक्रमा ४४ र चरिथ असलंकाले ७ रन बनाए । अफगानिस्तानका फरिद अहमद २ र मोहम्मद नाबीले १ विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?