+
+

नेपाल ए ले क्यानडाविरुद्ध सन्दीपको कप्तानीमा फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते ९:३०

८ फागुन, काठमाडौं । नेपाल-ए ले  एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

कप्तान विनोद भण्डारी आज टोलीमा नभएपछि जोराले कप्तानीको जिम्मेवारी पाएका हुन् ।

नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो ।

आज नेपालले पहिलो खेलबाट दुई परिवर्तन गरेको छ । रिजन ढकाल र शेर मल्ललाई मौका दिएको छ ।

विनोद भण्डारी र प्रतिश जि.सीलाई बाहिर राखेको छ । यू-१९ का ओपनर अर्जुन कुमालले किपिङ गर्नेछन् ।

नेपाल-ए को प्लेइङ ११

सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, विनोद भण्डारी र प्रतिश जि.सी. ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?