+
+

बाबरलाई पछि पार्दै सुभमन गिल एकदिवसीय ब्याटरतर्फ शीर्ष स्थानमा उक्लिए

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १६:४३

२२ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर ब्याटर सुभमन गिल पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा शीर्ष स्थानमा उक्लेका छन् ।

विश्वकपको सुरुवातमा डेंगुको शिकार भएका गिलले ६ वटा इनिङ्स खेल्दै २१९ रन बनाएका छन् । उनले बंगलादेश र श्रीलंकाविरुद्ध अर्धशतकीय पारी खेलेका छन् ।

जारी विश्वकपका ८ खेलमा ४ अर्धशतक बनाएका बाबर दोस्रो स्थानमा झरेका छन् । तेस्रो वरीयतामा दक्षिण अफ्रिकाका क्विन्टन डि कक छन् ।

उनी एक दिवसीय क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा पुग्ने भारतको चौथो खेलाडी हुन् । यसअघि सचिन तेन्दुल्कर, महेन्द्र सिंह धोनी र विराट कोहली शीर्ष स्थानमा पुगेका थिए ।

जारी विश्वकपमा दुई शतक र चार अर्धशतक बनाएपछि कोहली अहिले वरियताको चौथो स्थानमा उक्लेका छन् । भारतीय कप्तान रोहित शर्मा भने छैटौं स्थानमा छन् ।
बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष वरीयतामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?