+
+
Shares

प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले भने-सीमित स्रोत साधनले खरो उत्रिन सकिनँ

एजेन्सी एजेन्सी
२०८० माघ २७ गते १२:२०

२७ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चाहेर पनि जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको कुरा स्वीकार गर्न गाह्रो नभएको बताएका छन् ।

प्रदेश सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै शाहले सीमित स्रोत साधनको जगमा विभिन्न समस्या र चुनौतीका कारण खरो उत्रिन नसकेको बताएका हुन् ।

‘हाम्रो कठिन भूगोल, गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा समस्या, उद्यमशीलताको कमी, भौतिक पूर्वाधारको कमी, सीमित स्रोतसाधनलगायतका समस्या र चुनौतीका कारण प्रदेश सरकारले चाहेर पनि जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको स्वीकार गर्न गाह्रो मान्नुपर्दैन्,’ शाहले भने ।

तर, मुलुक संघीयतामा गएको ८ वर्ष भइसक्दा समेत संविधानले दिएका अधिकार प्रत्योजनमा समस्या रहेकै कारण प्रदेश सरकारले जनताका आवश्यकता, आकांक्षा सम्बोधन गर्न कठिनाइ व्यहोरिरहेको शाहको भनाइ थियो ।

उनले प्रदेश सरकारले सुशासनसहित प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेको बताए ।

प्रदेश सरकारले नीतिगत सुधार, वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास, पूर्वाधार विकास, सामाजिक विकास जस्ता काम एक वर्षको अवधिमा गरेको जनाएको छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारको सेवा प्रवाह र शासकीय सम्बन्धमा आवश्यक पाँच वटा संशोधन विद्येयक प्रदेश सभामा पेस भएको, दुई विधेयक सैद्धान्तिक सहमति प्रदान गरिएको बताए ।

यस्तै, सरकारले २ नियमावली, ८ वटा कार्यविधि र तीन वटा मापदण्ड तयार गरिएको र प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन स्वीकृत भएर कार्यान्वयनमा रहेको जनाएको छ ।

स्थानीय तहलाई सर्शत अनुदानमार्फत पहिलो पटक बजेट तथा कार्यक्रम हस्तान्तरण गरिएको, बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड निर्माण, प्रदेश स्वरोजगार विकास कोषमार्फत ५० सहकारीलाई २४ करोड अनुदान दिएर एक हजार २८७ जनालाई स्वरोजगार बनाएको कुरासमेत प्रगति विवरणमा समावेश गरिएको छ ।

पूर्वाधार विकासतर्फ धनगढीको मुख्य बजारको कैलाली पुलदेखि हुलाकी राजमार्गसम्मको सडक निर्माण अघि बढेको, धनगढीलाई आधुनिक र व्यवस्थित सहर निर्माण गर्ने कामअघि बढाइएको, डडेल्धुरा र बाजुरामा प्रदेश प्रमुख एकीकृत बस्ती विकास कार्यक्रम सुरु गरिएको, स्थानीय तहको पालिका केन्द्रलाई मुख्य राजमार्गसँग जोड्ने सडक १२ महिना सञ्चालन हुने गरी स्तरोन्नतिको काम थालेको सरकारले जनाएको छ ।

टी-२० विश्वकप एशिया क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गर्ने सन्दीप जोरासहितका तीन खेलाडीलाई पुरस्कृत गरिएको, एमबीबीएस छात्रवृत्ति, उच्च शिक्षा छात्रवृत्ति, अपांग छात्रवृत्ति, वादी उत्थान छात्रवृत्तिसहित ८५९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको जस्ता कुरालाई पनि प्रगति विवरण्मा राखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?