+
+

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १२:४८

२८ माघ, विराटनगर । ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटर चालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोसित भिडले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । स्थानीयले ट्रकमा लगाइदिएको आगो दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि आक्रोशित भिडले ट्रकमा आगजनी गरेपछि कोशी लोकमार्ग केही समय अवरुद्ध भएको थियो । प्रहरीले अवरुद्ध लोकमार्ग खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?