+
+

केएमसी ललितपुरमा ‘टेक्नो फेस्ट’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १३:२८

२८ माघ, काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका– २ स्थित काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी ललितपुर) मा एक दिवसीय ‘टेक्नो फेस्ट’ आयोजना भएको छ। नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न टेक्नो फेस्टमा ललितपुर महानगरपालिका र आसपासका ५६ विद्यालय सहभागी थिए । महालक्ष्मी नगरपालिका तथा रोबोटिक्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित फेस्टमा ३५ परियोजना तथा २१ रोबोरेस प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सहभागीमध्ये रोबो रेसतर्फ भिएस निकेतन मावि प्रथम, केएमसी स्कुल बुद्धनगर द्वितीय र काठमाडौं मोडल सेकेन्डरी स्कुल बागबजारले तृतीय स्थान हासिल गरेक थिए । त्यसैगरी विज्ञान प्रदर्शनीतर्फ त्रियोग स्कुल प्रथम, केएमसी स्कुल बुद्धनगर द्वितीय र काठमाडौंं कलेज अफ सेन्ट्रल स्टेटले तृतीय स्थानहासिल गरेका थिए । विजेता समूहलाई क्रमश: नगद १० हजार, ७ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

बङ्गलादेशबाट आएको अप्रतियोगी टिम एटलसको प्रदर्शनी विद्यार्थी आकर्षणको केन्द्र बनेको थियो । कार्यक्रममा केएमसी ललितपुरका विद्यार्थीले सांस्कृतिक नृत्य तथा हस्तकला प्रदर्शन गरेका थिए । कार्यक्रममा केएमसी नेटवर्कका निर्देशक तथा हिमालयन इन्जिनियरिङ कलेजका प्रिन्सिपल किशोर गौतमले केएमसी नेटवर्कले आफ्ना विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिँदै आएको र यस्ता कार्यक्रम भविष्यमा पनि आयोजना गरिने बताए ।

त्यसैगरी केएमसी नेटवर्कका निर्देशक तथा केएमसी ललितपुरका अध्यक्ष डा. दुर्गाजंग केसी, अर्का निर्देशक मुक्तिराम अर्याल, केएमसी बालकुमारीका पूर्वप्राचार्य सुरेन्द्र सुवेदी, काठमाडौं मोडल सेकेन्डरी स्कुल बागबजारका प्राचार्य डा. नगेन्द्र अर्याल, केएमसी एल्मुनाई एसोसिएसन अध्यक्ष अच्युतम गौतम, मोडल इनिस्टिच्युट अफ टेक्नोलोजीका सीईओ आरके ढकाल, रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमकार जैसवाल, काठमाडौं मोडल सेकेन्डरी स्कुल ललितपुरका प्राचार्य सुनिल गैरेलगायत कार्यक्रममा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?