+
+

क्रिकेटर देव खनाल वर्षका उत्कृष्ट युवा खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १७:४१

२८ माघ, काठमाडौं । क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।

देव खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन उनले टिमको नेतृत्व गरेका थिए ।

देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । विश्वकप छनोटमा उनले ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १९७ रन बनाएका थिए । कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा उनले ५१ रन बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभइ उनी घरेलु क्रिकेटमा पनि गत वर्ष सफल रहे ।  उनकै कप्तानीमा लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?