+
+

चन्द्र गुरुङलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १८:१९

२८ माघ, काठमाडौं । एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् ।

२०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।

अवार्डको शीर्ष ३मा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई पछि पार्दै उनले अवार्ड हात पारे ।

उनी १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक हुन् ।

१६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य जित्दा उनी प्रशिक्षक थिए ।

यस्तै उनकै प्रशिक्षणमा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?