+
+

मोरङ अटो वर्क्स-जेसीबीलाई अन्तर्राष्ट्रिय अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १४:२९

काठमाडौं । नेपालका लागि जेसीबीको आधिकारिक वितरक मोरङ अटो वर्क्सले ‘जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड-२०२३’ पाएको छ ।

पोर्चुगलको लिसबनमा ९ फेब्रुअरीमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्स  जेसीबीले उक्त अवार्ड पाएको हो ।

मोरङ अटो वर्क्स-जेसीबीका अध्यक्ष विष्णुकुमार अग्रवाल र कार्यकारी निर्देशक गोपालकुमार अग्रवाललाई जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड र जेसीबी इन्डियाका सीईओ दीपक शेट्टीले उक्त अवार्ड प्रदान गरेका हुन् ।

सबैको सहयोगले कम्पनीले यो उचाइ हासिल गरेको भन्दै कम्पनीका अध्यक्ष अग्रवालले भविष्यमा थप उपलब्धि प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?