+
+

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १४:४३

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ ।’

प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराए ।

कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

त्यस्तै गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?