+
+
नेपाल-क्यानडा सिरिज :

रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १६:२८

२९ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडासँगको तीन खेलको सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका छन् । नेपाललाई ३–० को जित दिलाउन रोहितले कप्तानी अलराउन्ड प्रदर्शन गरेका थिए । रोहितले ९५ रन बनाउनुको साथै ६ विकेट लिएका थिए ।

पहिलो खेलमा नेपाललाई ७ रनको जित दिलाउन रोहितले ८ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । दोस्रो खेलमा ४ विकेटको जित दिलाउन रोहितले ८७ रन बनाउनुको साथै २ विकेट लिएका थिए । दुवै खेलमा रोहित प्लेयर अफ द म्याच चुनिएका थिए ।

तेस्रो खेलमा नेपालले २३३ रनको लक्ष्य पछ्याउने क्रममा भीम सार्की १०१ र अनिल साहले ११२ रन बनाउँदै ९ विकेटको सहज जित दिलाएपछि रोहित ब्याटिङमा आउनु परेन । रोहित ओडीआईमा पहिलो पटक प्लेयर द सिरिज चुनिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?