+
+

चरा संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड, १० बुँदे प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १७:००

२९ माघ, नवलपुर। विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थालेको भन्‍दै सरोकारवालाहरूले चरा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नवलपुरको कावासोतीमा दोस्रो नेपाल बर्ड फेयरमा उनीहरूले १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै चरा संरक्षण गर्नु पर्नेमा जोड दिएका हुन् ।

गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘ चरा संरक्षणको चेतना बोध विस्तारै हुँदैछ नजमानसमा। थप जनचेतना फैलाउन गण्डकी सरकार लागि पर्नेछ। हामी यसबारेमा बहस र छलफल गरी योजना बनाएर काम गर्नेछौं।’

पोखरा पन्छी समाजका अध्यक्ष मन्शानत घिमिरेले आगामी दिनमा यही १० बुँदे घोषणा पत्रलाई  आधार मान्‍दै विकासका काम गर्नसमेत सुझाव दिए ।

उनले भने, ‘दिनानु दिन विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थाल्यो। यसले हाम्रो पारिस्थितिक प्रणालीलाई नै असर गर्‍यो। फलस्वरुप चराहरू संकटमा पर्न गए । अबका दिनमा १० बुँदे घोषणा पत्र पालना गरौं।’

साथै उनले चरा संरक्षण गर्नका लागि माध्यमिक तहको पाठ्यक्रममा समेत विषयवस्तु समेटिनु पर्ने बताए । उनले भने, ‘ चराको बासस्थान उजाडिनुमा हामी सबैको दोष छ। त्यसकारण यसलाई जोगाउन र जनचेतना फैलाउन माध्‍यमिक शिक्षाको पाठ्यक्रममा पनि चरा संरक्षणबारेको विषय समावेश हुनुपर्‍यो।’

यस्तै चरा संरक्षणको कार्ययोजना बनाउँदा स्थानीय समुदायको ज्ञान, सीप र प्रविधिलाई आवश्यक्ता अनुसार प्रयोग गर्नुपर्ने, चराका उपप्रजातिको संरक्षण संगै तीब्र गतिमा घट्दै गएका प्रजातिका संरक्षणको लागि विशेष कार्यविधि बनाउनुपर्नेलगायतका प्रतिवद्धता घोषणपत्रमा उल्लेख गरिएको छ।

उक्त उत्सवमा देशभरका संरक्षणकर्मी, पन्छीविद् , वाइल्ड लाइफ फोटोग्राफर , नेचरगाइड , विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता रहेकाे थियो  । तीन दिन सम्म सञ्चालनमा रहेकाे चरा मेलामा  चराकाे बासस्थानको संरक्षण, जनचेतना र पर्यटन विकासको बारेमा छलफल, प्रदर्शनीस्टल संगै नेचर गाइडहरुलाइ तालिम समेत दिइएको  थियो ।

यस्तै कावासाेती १२ विद्यालय विच चित्रकला प्रतियोगिता , चरा अवलोकन संगै विशेष त गिद्दा अवलोकनलाई समेत समावेश गरिएको थियाे । बर्ड फेयरमा पन्छी तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत, भुटान, जापान  लगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?