+
+

केरलामा सम्पन्न एनईसीमा ब्रिटिस कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १८:०६

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

ब्रिटिस एजुके;न ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरु तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन् ।

भारतको केरलास्थित पालक्कडमा लिड कलेज अफ म्यानेजमेन्टले गत २६-२८ जनवरीमा आयोजना गरेको ‘व्यवसाय योजना प्रतियोगिता र मेगा पिच फेस्टिभल’ मा नेपाली विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा १५० वटा टिमको सहभागिता रहेको थियो । टीबीसीका विद्यार्थीहरु प्रविधि क्षेत्रको स्टार्टअपमा शीर्ष पाँच भित्र परेका हुन् भने आइडियसनको चरणको योजनाहरुमा पहिलो स्थान हासिल गरे । यो उपलब्धिसँगै सहभागी विद्यार्थीहरुले प्रमाणपत्र तथा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिस्पर्धासँगै विद्यार्थीहरुले उद्योगपतिहरु, आफू सरहका उद्यमी लगायतसँग छलफल गर्ने, नेटवर्किङ विस्तार गर्ने तथा विभिन्न स्थानहरुको भ्रमण गर्ने अवसर समेत प्राप्त गरेका थिए ।

टीबीसी इन्क्युबेसन सेन्टर प्रमुख सुवोध रुपाखेतीले उद्यमशीलताको भविष्यलाई आकार दिने संकल्पलाई एनईसी २.० मा पाएको उपलब्धिले थप पुष्टि गरेको बताए ।

लिड कलेजसँगको सहकार्यमा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको भन्दै उनले अन्तरदेशीय ज्ञानको आदानप्रदानसँगै बलियो उद्यमशीलताको इकोसिस्टममा नयाँ ढोकाहरु खोल्न सघाउ पुर्‍याउने उनको विश्वास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?