+
+

कालीगण्डकीमा र्‍याफ्टिङ, प्याडल नेपालको वर्चश्व

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते २०:०७

२९ माघ, पोखरा । पर्वत र बागलुङको सीमाना मालढुंगा कालीगण्डकीमा भइरहेको साहसिक खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगितामा प्यानल नेपालले वर्चश्व कायम राखेको छ ।

सोमबार भएको प्रतियोगिगतामा प्याडल नेपालले मेन्स स्प्रिन्ट इभेन्ट र मेन्स स्प्रिट हेड टु हेड दुवै विधामा बाजी मारेको हो ।

प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित निकाल्दा सोही इभेन्टमा गण्डकी प्रदेश टिम दोस्रो र भोटे कोशी ‘बी’ समूह तेस्रो भएको नेपाल र्‍याफटिङ संघका मुख्य प्रशिक्षक नीमबहादुर थापामगरले जानकारी दिए ।

थापाका अनुसार सोमबार नै भएको  मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जित निकाल्यो । उक्त इभेन्टमा भोटेकोशी ‘बी’ दोस्रो हुँदा प्याडल नेपाल ‘बी’ तेस्रो भएको थियो ।

गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक गण्डकी खेलकुद परिषद्ले जनाएकोछ ।

प्रतियोगिता अन्तर्गत मंगलबार डाउन रिभर रेस र र्‍याफटिङतर्फको सालोलम हुने छ । प्रतियोगिता आइतबारबाट सुरु भएको थियो । पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता भएको थियो ।

र्‍याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढढी खेलाडीको सहभागी रहेको प्राविधिक संयोजकसमेत रहेका प्रशिक्षक मगरले बताए ।

प्रतियोगितामा ७ प्रदेश, विभागीय टिम र अन्य क्लबहरुको समेत सहभागिता छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?