+
+

रुविनाको ऐतिहासिक शतकमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १२:५६

१ फागुन, काठमाडौं । रुविना क्षेत्री बेलबासेको ऐतिहासिक शतकमा नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।

नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।

पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए ।

नेपालबाट यो कुनै पनि विकेटका लागि भएको महिला टी२० आईको उच्च साझेदारी हो ।

रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छिन् । नेपालले महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो ।

यसअघि २०२१ नोभेम्बरमा तेस्रो महिला टी-२० आई खेलमा कतारविरुद्ध नेपालले १६४ रन बनाएको थियो ।

नेपालकी ओपनर कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् ।

माल्दिभ्सकी शम्मा अलीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिइन् । नब्बा बिन्थु नसिमले १ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?