+
+

एमालेका दैलेख अध्यक्षमा सूर्यबहादुर शाही चयन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १६:२८

१ फागुन, सुर्खेत । नेकपा एमाले दैलेख जिल्ला कमिटीको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । सदरमुकाम दैलेख बजारमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

नेतृत्वमा सोमबार नै सहमति जुटेपनि अन्य पदाधिकारी टुंगो नलाग्दा घोषणा भने गरिएको थिएन । सबै पदमा सहमति जुटेपछि निर्वाचन कमिटीले मंगलबार दिउँसो नयाँ नेतृत्व चयन भएको घोषणा गरको हो ।

सुरुमा अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रमेबहादुर बुढाले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । शाही अघिल्लो पटक अध्यक्ष पदमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए ।

तत्कालीन जिल्ला विकास समिति दैलेखका पूर्वउपसभापति समेत रहेका शाही जिल्लाको राजनीतिमा चिनिएका नेता हुन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका ६, निवासी शाही ०७९ को स्थानीय तहको निर्वाचनमा चामुण्डा बिन्द्रासैनीको मेयरमा पराजित भएका थिए ।

यस्तै जिल्ला कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उपसचिवमा ताराकुमारी सोनी र मीनबहादुर बुढाक्षेत्री चयन भएका छन् । यस्तै, सदस्यमा खुलातर्फको महिलामा खगिसरा बुढा, रेखा थापा, विष्णुकुमारी जैसी, सीताकुमारी शाही र पदमकुमारी विष्ट चयन भएका छन् ।

सदस्य खुलातर्फ पुरुषमा नामाखर शर्मा, दीपेन्द्र ओली, कपिल खनाल, रामप्रसाद जैसी, लालबहादुर शाही, जितेन्द्रकुमार थापा, शान्तिप्रसाद शर्मा, कविराम सुनार, किशोर कुमार मल्ल र नविनकुमार योगी चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?