+
+

रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

रासस रासस
२०८० फागुन १ गते १८:०५

१ फागुन, रामेछाप । रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको छ भने रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उक्त ट्र्याक्टर सुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो ।

घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?