+
+

सिंहदरबारका कर्मचारी ओसार्न बस खोज्दै अर्थ मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १९:३५

१ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले सिंहदरबार र आसपासका सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई निःशुल्क सेवा दिन बस सेवा सञ्चालन गर्न प्रस्ताव मागेको छ । मन्त्रालयले विभिन्न शर्तको अधिनमा रहेर दैनिक दुई पटक ओसारपसार गर्ने गरी एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालन गर्न इच्छुक यातायात व्यवसायीसँग प्रस्ताव मागेको हो ।

यातायात व्यवसायीले आफूले दिने सेवाको विवरणसहित सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४० सिट क्षमता भएका नयाँ मोडेलका २ वटा बस सञ्चालन गर्ने तयारी भएको हो ।

मन्त्रालयका अनुसार सामान्यतया एकीकृत कर्मचारी परिवहन सेवा दिनमा २ पटक (विहान कार्यालय समयभन्दा १५ मिनेट अगाडि (९.४५ बजे) सिंहदरबारको दक्षिण ढोकामा आइपुग्ने र बेलुका कार्यालय समयभन्दा १५ मिनेट पछि (नियमित ५.१५ बजे र शुक्रबार ३.१५ बजे) बस छुट्ने गरी व्यवस्था मिलाउनु पर्नेछ । एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालन सम्झौताको अवधि एक वर्षको हुने मन्त्रालयले जनाएको छ ।

यी बसहरुमध्ये एउटा सिंहदरबार–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कलंकी–नागढुङ्गा–कलंकी–स्वयम्भू–टंकेश्वर–कालिमाटी – त्रिपुरेश्वर–थापाथली–सिंहदरबार रुटमा चल्नेछ । अर्को बसका लागि सिंहदरबार–नयाँबानेश्वर–कोटेश्वर– बालकुमारी–सातदोबाटो–लगनखेल– एकान्तकुना– जावलाखेल–पुल्चोक–कुपन्डोल–सिंहदरबार रुट तय गरिएके छ ।

एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालनमा प्रयोग हुने बसहरू दैनिक चुस्त, दुरुस्त, चालू र सफा हुनु पर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सञ्चालनमा आएका सवारी साधन बिग्रिएमा तत्काल वैकल्पिक व्यवस्था गरी कर्मचारी परिवहन सेवा अवरुद्ध नहुने व्यवस्था समेत बस कम्पनीले गर्नु पर्नेछ ।

एकीकृत कर्मचारी परिवहन सेवाको गुणस्तर, नियमितता लगायतका बारेमा निरन्तर अनुगमन हुने र सेवा–प्रवाह सन्तोषजनक भएको नपाइएमा जुनसुकै बखत मन्त्रालयले सम्झौताका शर्त मुताविक आवश्यक कारवाही गर्न सक्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?