+
+

च्याम्पियन्स लिग : प्रिक्वाटरफाइनल पहिलो लेगमा सिटीको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १०:१२

२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता म्यानचेष्टर सिटीले डच क्लब एफसी कोपहेगनलाई ३-१ ले पराजित गरेको छ ।

कोपनहेगनको मैदानमा बुधबार राति भएको खेलमा सिटीका लागि केभनि डे ब्रुएना, बर्नार्डो शिल्भा र फिल फोडेनले गोल गरे ।

खेलको दशौं मिनेटमै डे ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर माग्नुस म्याटसनले ३४औं मिनेटमा कोपनहेगनका लागि गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

बर्नार्डो शिल्भाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि फोडेनले खेलको इन्जुरी टाइममा डे ब्रएनाको पासमा गोल गर्दै जित सुनिश्चित गरे ।

दोस्रो लेगको खेल ६ मार्चमा सिटीको घरेलु मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?