+
+

एमाले धादिङमा प्यानलगत प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १५:०९

२ फागुन, काठमाडौं । आन्तरिक विवादका कारणले उद्घाटन भएर स्थगित नेकपा एमाले धादिङ जिल्ला कमिटीको अधिवेशन बुधबार सुरु भएको छ ।

अध्यक्ष मण्डल चयन, प्रतिनिधि मनोनयन लगायतबारे विवाद हुँदा गत १९ माघमा उद्घाटन भएको अधिवेशन २२ माघमा स्थगित भएको थियो । अधिवेशन गराउन अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य भानुभक्त ढकाललाई अध्यक्ष मण्डलको अध्यक्ष बनाएर पठाएका छन् ।

ढकालसँगै अधिवेशन गराउने जिम्मेवारी लिएर माधव ढुंगेल धादिङबेंसी गएका छन् । ढकाल र ढुंगेलसहित अध्यक्ष मण्डलमा धादिङ जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, केन्द्रीय नेताहरु खेम लोहनी, रेशम लामा र जानुका सिंखडा छन् ।

यसअघि जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल बनाइएको थियो । तर प्रदेश अध्यक्ष ढुंगेलले अध्यक्ष मण्डल गठनप्रति असन्तुष्टि जनाएर जिल्ला अधिवेशन स्थगित गरिदिएका थिए । अधिवेशन स्थगित गरेर प्रदेश अध्यक्ष ढुंगेल काठमाडौं फर्किएपछि पार्टी अध्यक्ष ओलीले अरु नेताहरुलाई पनि बालकोट बोलाएका थिए ।

बालकोटमा भएको छलफल अनुसार, नयाँ अध्यक्ष मण्डलले अगाडि बढाएको अधिवेशनमा पनि जिल्ला नेतृत्व लिन प्यानलगत प्रतिस्पर्धा हुने देखिएको छ ।

निवर्तमान अध्यक्ष भूमि त्रिपाठीले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिव राधिका सापकोटा, खुला उपसचिवमा भक्त लामिछाने र महिला उपसचिवमा उर्मिला रेग्मीको उम्मेदवारी परेको छ ।

त्यस्तै पार्टीको प्रदेश कमिटी सदस्य रामकुमार अधिकारीले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार छन् । खुला उपसचिवमा यो प्यानलले पनि भक्त लामिछानेलाई नै समर्थन गरेको छ ।

तर खुला उपसचिवमा काजी श्रेष्ठ र दीपक खड्काले पनि उम्मेदवारी दिएकाले लामिछाने सर्वसम्मत हुन बने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?