+
+

धादिङ ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो, ३ जनाको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १८:२४

२ वैशाख, काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टे पतनीकाे दाउन्ने खोलामा आइतबार बिहान भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

उपचारको क्रममा गोपी भनिने रामबहादुर रम्तेलको मृत्यु भएको हो । यसअघि घटनास्थलमै नीलकण्ठ–५ का ११ वर्षीय सन्तोष रम्तेलको मृत्यु भएको थियो । दुर्घटनामा परेर ट्रकमा सवार ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा हिरा रम्तेल, विमल मजकोटी, प्रितम रम्तेल, सुजन सम्तेल, विष्णु रम्तेल, सुजित मजकोटी छन् । उनीहरू सबै नीलकण्ठ–५ का स्थानीय बासिन्दा हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल धादिङका निमित्त निर्देशक गगन अधिकारीले बताए । मल बोकेर बारीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक आइतबार बिहान दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?