+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

आवरण स्किनले आठौं वार्षिकोत्सव मनायो, करिश्मा मानन्धर ब्रान्ड एम्बेसडर नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १६:४३

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् ।

मंगलबार आवरण स्किन क्लिनिकले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई नियुक्त गरेको हो । उक्त अवसरमा आवरण क्लिनिकको ब्रान्ड एक्म्बेसडर हुन पाउँदा खुसी लागेको बताइन् ।

विशेषगरी कपाल प्रत्यारोपण र सौन्दर्य उपचारका लागि लोकप्रिय यस क्लिनिकमा ३० भन्दा बढी देशबाट एक लाखभन्दा बढी सेवाग्राहीले सेवा लिइसकेको क्लिनिकका निर्देशक तथा छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. रुपक घिमिरेले बताए ।

‘आवरणबाट हामीले अल्मा लेजर कम्पनी, लेजर अप्टेक कोरियाका उक्त उपकरण विश्वमा सर्वोत्कृष्ट उपकरणमार्फत सेवा दिंदै आएका छौं,’ उनले भने, ‘यिनै कुराको सेवा विदेशमा सेवा लिंदा यहाँभन्दा पाँचदेखि १० गुणासम्म बढी लाग्छ । तर यही सेवा सर्वसुलभ रुपमा हामीले प्रदान गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?