+
+

नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १८:१८

२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ए टिमका लागि दुई प्रशिक्षक तोकेको छ । क्यानले बुधबार पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई नेपाल ए टिमको प्रशिक्षक तोकेको हो ।

ए टिममा सम्भावित ३६ जना खेलाडीलाई राखिएको छ ।

ज्ञानेन्द्रले गत महिना भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । त्यस्तै कलाम अली भने बागमती प्रदेश टिमका प्रशिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?