+
+

भारतीय नागरिकलाई अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर बन्धक, ७ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १९:०५

२ फागुन, काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका कम्तिमा ७ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले उनीहरुलाई रातोपुल क्षेत्रबाट उद्धार गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।

उनीहरुलाई अमेरिका लगिदिने भन्दै रकम असुली गरेर नेपालमा ल्याएर अलपत्र पारेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘घर नै भाडामा लिएर उनीहरुलाई राखेको पाइएको छ’, स्रोतले भन्यो, ‘केही नयाँ तथ्यहरु पनि फेला परेका छन् ।’

काठमाडौं प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?