+
+

विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १९:४९

२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ ।

यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो ।

१६ सदस्यीय टोलीमा आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव छन् ।

यस्तै प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया पनि टोलीमा छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?