+
+

गगनले ल्याए २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १५:२७

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका समेत समावेश गरिएको छ ।

२०७८ मंसिरमा भएको १४औं महाधिवेशनले चुनेको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरसम्म छ । त्यस अवधिमा १५औं महाधिवेशन गर्नुपर्ने भन्दै महामन्त्री थापाले कार्यतालिका अघि सारेका छन्, जसअनुसार २०८१ असोजमा विधान महाधिवेशन हुनेछ ।

त्यसअघि २०८१ साउनसम्म १५औं महाधिवेशनबाट लागू गर्ने गरी विधानमा गर्नुपर्ने संशोधनबारे पार्टीको सबै तहबाट सुझाव संकलन र छलफल गर्ने प्रस्तावित कार्यतालिका छ ।

महामन्त्री थापाले २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् । २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लगाउने कार्यतालिका छ ।

२०८२ असोज मसान्तभित्र जिल्ला, कात्तिक मसान्तभित्र प्रदेश र २०८२ मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने महामन्त्री थापाको संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?