+
+

अध्ययनको निष्कर्ष : चीनमा वायु प्रदूषण बढ्दा आत्महत्या बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १३:१५

काठमाडौं । ‘जब वायु प्रदूषण बढ्छ, तब मानिसहरुको मृत्युको संख्या बढ्दछ । खासगरी आत्महत्या गर्नेको संख्या ।’ तपाईंलाई सुन्दा अचम्म लाग्यो होला तर यो चीनमा गरिएको अध्ययनको निष्कर्ष हो । वायु प्रदूषणले आत्महत्यामा बढेको निष्कर्षसहितको यो अध्ययन प्रतिवेदन नेचर सस्टेनेबिलिटी जर्नलमा प्रकाशित छ ।

चीनभर १५ सयभन्दा बढी वायु गुणस्तर मापन स्टेशन छन् । ती स्टेशनबाट प्राप्त डेटा हेर्दा जब–जब वायुको गुणस्तर खस्किन्छ, तब देशमा आत्महत्या गर्ने मानिसहरुको संख्या बढ्ने गर्छ ।

सो अध्ययनमा शोधकर्ताहरुले वायु प्रदूषण कम गर्नका लागि चीनले गरेका प्रयासहरु, उठाएका कदमहरु र त्यसका कारण आत्महत्याको संख्यामा समेत कमी आएको विषयमा चर्चा गरेका छन् ।

चीनमै विश्वका सर्वाधिक प्रदूषित सहरहरु छन्, विशेषगरी महानगर सहरहरु । लाखौं करोडौं जनसंख्या भएका ठूला सहरहरुमा प्राय सधै प्रदूषणजन्य तुवाँलो लागिरहेको हुन्छ ।

विश्वमा हुने कूल आत्महत्याका घटनामध्ये १६ प्रतिशत चीनमा हुने गरेका छन् । यद्यपि पछिल्ला केही वर्षयता चीनमा आत्महत्याको दर घटेको छ । यसका पछाडि विभिन्न कारणहरु हुन सक्छन्, जस्तै आम्दानीमा वृद्धि, सांस्कृतिक परिवर्तन आदि । तथापि नयाँ अध्ययनमा वायुको गुणस्तरको तथ्यांकलाई पनि समावेश गरिएको छ, जसबाट नयाँ खुलासा भएको छ ।

यस अध्ययनले प्रदूषित हावाको स्वास लिनाले कसरी मानिसहरुमा आत्महत्या गर्ने इच्छा बढ्दछ भन्ने देखाएको छ । सन् २०१३ मा चीनले वायु प्रदूषण कम गर्नका लागि अहम् कदम सुरु गरेको थियो र वायु प्रदूषण रोकथाम र नियन्त्रण कार्ययोजना बनाएको थियो । जसका कारण उद्योगबाट निस्किने प्रदूषण कम भएको थियो ।

साथै चीनमा सवारी साधनबाट हुने उत्सर्जनलाई पनि सन्तुलित गर्ने प्रयास गरिएको छ । कोइलाको ठाउँमा प्राकृतिक ग्यासलाई बढावा दिइएको छ । सौर्यऊर्जा तथा जलविद्युत ऊर्जालाई पनि बढावा दिइएको छ । यसबाट हावाको गुणस्तरमा निकै नै सुधार आयो । यस क्रममा आत्महत्याको दरमा कमी आयो । सन् २०१० देखि २०२१ को बीचमा आत्महत्याको दरमा बर्सेनि १०.८८ बाट ५.२५ प्रतिलाखमा झरेको छ ।

चाइनिज युनिभर्सिटी अफ हङकङका अर्थशास्त्री पेंग झांगका अनुसार उनीहरुको टोलीले वायु प्रदूषण र आत्महत्याको सम्बन्ध पत्ता लगाउने कोसिस गरेको थियो । अध्ययनको नतिजाबाट उनीहरु अचम्ममा परे । त्यो एक प्रकारको थर्मल इन्भर्जन थियो । अर्थात् तल रहेको चिसो र माथि रहेको तातो हावाको बीचमा प्रदूषण फसेर रहने अवस्था ।

यो केही घण्टाका लागि हुन्छ, तथापि हरेक हप्ता २.५ पिएमको मात्रा हावामा एक प्रतिशत भन्दा धेरै हुँदा ती खतरनाक कणहरु स्वासको बाटो हुँदै मस्तिष्कसम्म पुग्दछन् । यसबाट मस्तिष्कको रासायनिक सन्तुुलन २४ घण्टाभित्र परिवर्तन हुन्छ, बिग्रिन्छ । जसका कारण मस्तिष्कको हालत कमजोर बन्दछ ।

शोधकर्ताका अनुसार थर्मल इन्भर्जनको बेला केही हप्ताकै बीचमा मानिसहरुमा आत्महत्याको मात्रामा बढ्दछ । यदि यो प्राकृतिक प्रक्रिया सात दिनदेखि धेरैभन्दा धेरै नहुँदा समेत पनि मानिसहरुले आत्महत्या गर्दछन् ।

पछिल्लो दिनमा चीनमा आत्महत्याको दरमा कमी आएको छ । सन् २०१३ देखि २०१७ को बीचमा चीनमा ४६ हजार मानिसहरुले आत्महत्या गरेका थिए ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?