+
+

नबिल बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १९:०७

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले उपलब्ध गराउने सेवामा आकर्षक छुट पाउने भएका छन् । बैंक र हेयर एन्ड शान्ति युनिसेक्स सैलुन बीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एन्ड शान्ति सैलुनकी सञ्चालिका विनिता बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने सैलुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?