+
+

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : डेपुटी गभर्नर ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १३:२३

६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने बताएकी छन् ।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन् । यद्यपि छिमेकी देशहरुको तुलनामा नेपलमा बैंकहरुको निष्क्रिय कर्जा कम नै रहेको बताइन् ।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने उनले बताइन् ।

महिला आर्थिक पत्रकार संघले राजधानीमा आइतबार आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताइन् ।

कार्यक्रमममा बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्काे वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताए ।

सीईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ ।

अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए । जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग प्रभाव गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?