+
+

यही हो कांग्रेस महासमिति बैठकस्थल (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १८:२५

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सोमबारदेखि ललितपुरको गोदावरीमा चार दिनसम्म महासमिति बैठक बस्नेछ ।

गोदावरी सनराइज हलमा हुने महासमिति बैठकमा २१ सय बढी प्रतिनिधि र अरु गरी २५०० जना सहभागी हुने छन् ।

नीति महाधिवेशनका रुपमा गर्न लागिएको महासमिति बैठकमा पाँच प्रतिवदेन माथि छलफल हुने छ ।

बैठकलाई व्यवस्थित बनाउनका लागि सभापति देउवाले ९ जना नेता रहेको तयारी उपसमिति संयोजक मनोनित गरेका थिए ।

उपसमिति संयोजकहरुले आ–आफ्नो जिम्मेवारीको तयारी अन्तिम चरणमा पुगेको जानकारी आइतबार पत्रकार सम्मेलनमा गराए ।

तयारीबारे जानकारी दिन पत्रकारसम्मेलन हुँदा पनि महासमिति सम्मेलनको मञ्च र वरपर साज सजावट गर्न नेता कार्यकर्ताहरु खटिरहेका छन् ।

सातदोबाटोदेखि गोदावरीसम्म कांग्रेसले स्वागतका लागि व्यानरहरु टाँगेको छ । साथै सडकको दुबै स्थानमा पार्टीको झण्डाले सजाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु :   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?