+
+

वीरेन्द्रनगर नगरपालिकालाई ५ शय्याको अस्पताल हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते २०:१५

६ फागुन, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताल निर्माण गरेर हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ब्याक टु लाइफले वीरेन्द्रनगरस्थित महिला तथा बालबालिकाका लागि ५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।

१८ महिनाअघि सुरु भएको उक्त परियोजना पूरा भएपछि आज आइतबार ब्याक टु लाइफ ईभी जर्मनीका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासकीय निर्देशक अच्युतप्रसाद पौडेलबाट अस्पताल परिसरमा आयोजित कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाललाई अस्पताल भवन र उपकरण हस्तान्तरण गरे ।

ब्याक टु लाइफका प्रबन्धक अनुप पौडेलले ५ करोड ७० लाख रुपैयाँ लागतमा बनेको ५ शैयाको भवन निर्माण सहित मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि आवश्यक महत्वपूर्ण उपकरण र नवजात शिशुको सघन कक्ष सञ्चालन गर्न आवश्यक सम्पूर्ण सामग्री समेत जडान गरिएको जानकारी दिए ।

नगरपालिकाको २०७८ मंसिर २२ को कार्यपालिका बैठकले वीरेन्द्रनगर नगरपालिकामा महिला तथा बालबालिका अस्पताल निर्माण गर्नुपर्ने भएको हुँदा नगरपालिकाका तर्फबाट ब्याक टु लाइफलाई अस्पताल भवन निर्माण तथा त्यसका लागि आवश्यक क्लिनिकल सामग्री उपलब्ध गराउन अनुरोध गरेको थियो ।

नगरपालिका प्रमुख ढकालले कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अतिसहज र उपयोगी हुने बताइन् ।

सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

मुगुका सबै पालिकामा कार्यरत यस संस्थाले त्यहाँ १५ वटा बर्थिङ सेन्टर सञ्चालन गरेको छ । हस्तान्तरण कार्यक्रम ब्याक टु लाइफको परियोजना साझेदार मानव अधिकार तथा विकास केन्द्रका अध्यक्ष जगबहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?