+
+

प्रहरी घेरामा भत्काइँदै वीरेन्द्रनगरको सार्वजनिक जमिनका संरचना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १७:३२

३० फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक जमिनमा रहेका संरचना भत्काउन फेरि सुरू गरेको छ । बुधबार बिहान डोजर चलाएपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका थिए ।

व्यवसायीको ढुंगामुढापछि केही समय पछि हटेको नगरपालिकाले प्रहरीको सुरक्षा घेराबीच सार्वजनिक क्षेत्रका अस्थायी संरचना भत्काउन सुरू गरेको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगर–६, स्थित हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा उपत्यका नगर विकास समिति मातहत रहेका सार्वजनिक क्षेत्रका अस्थायी संरचना हटाउन नगरपालिकाले डोजर जलाएको छ ।

नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिए पनि व्यवसायीहरूले अटेर गरेपछि नगरपालिका डोजर चलाउन बाध्य भएको मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

‘हामीले सार्वजनिक क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई ठाउँ खाली गरिदिन दुईपटक सूचना जारी ग¥यौं । उहाँहरुले मागे अनुसारको समय पनि दियौं । त्यति गर्दापनि अटेर गरेपछि बाध्य भएर डोजर चलायौं,’ मेयर ढकालले भनिन् ।

यसअघि व्यवसायीहरूले आफूहरूलाई उचित विकल्पसहित अर्को ठाउँ दिनुपर्ने वा थप दुई वर्ष समय थप्नु पर्ने माग राख्दै आएका थिए । सुरुमा प्रतिकारमा उत्रिएका व्यवसायीले पछि सामान सारेका थिए ।

नगरपालिकाले सार्वजनिक क्षेत्रका अस्थायी संरचना हटायर सो क्षेत्रको करिब साढे दुई बिघा सार्वजनिक जग्गामा पार्किङ क्षेत्र लगायका अन्य संरचना बनाउन लागेको मेयर ढकालले बताइन् । ‘हामीले सहरी योजनाअन्तर्गत सार्वजनिकस्थल बनाउन खोजेका छौं । व्यवस्थित पार्किङ क्षेत्र लगायका अन्य संरचना बनाउँछौं,’ उनले भनिन् ।

व्यवसायीलाई हटाएर शहरलाई व्यवस्थित बनाउने योजना निरन्तर कार्यान्वयनमा रहेको उनले बताइन् । नगरले डोजर चलाएपछि उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् । ५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाएर व्यवसाय गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?