+
+

आन्तरिक स्रोतबाट सञ्चालित विशेष शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी विनियम संशोधन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते २०:२८

६ फागुन, काठमाडौं । त्रिवि सभा तथा कार्यकारी परिषद्ले आन्तरिक स्रोतबाट सञ्चालित विशेष शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी विनियम, २०८० संशोधन गरेको छ ।

विनियमावलीमा विशेष शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने विभाग, क्याम्पस, विभाग अन्र्तगतका त्रिविद्धारा आन्तरिक स्रोत साधन परिचालन गरी सञ्चालन हुनुपर्ने अर्थात ‘सेल्फ सस्टेन’ (विद्यार्थीबाट शुल्क उठाएर) हुनुपर्ने भनिएको थियो ।

विनियमावलीको यो व्यवस्थाले अहिले सबै भन्दा बढी विद्यार्थीको आकर्षण रहेको यस्ता कार्यक्रमहरुमा शुल्क बढाउने निर्णय घातक हुने भन्दै संशोधन हुनुपर्ने माग हुँदै आएको थियो । विनियमावलीमा ‘सेल्फ सस्टेन’ कार्यक्रम अन्र्तगत ‘विविए, विविएम, विटिटिएम, विएचएम, बिआइएम, विएएलएलवि, बिसिए, विएसडब्ल्यु, विएससी सिएसआइटि, विआइटि, विआइसिटिई’ लाई राखेको थियो ।

साथै एमबीए, एमबीएम, एमटिटिएम, एमएचएम, एमआइएम, एमसीए, एमएसडब्ल्यू, एमएससी, सिएसआइटी, एमआइटी जस्ता कार्यक्रम समेतलाई जनाउँछ।’ उल्लेख थियो । ३ फागुनको बैठकले विशेष शैक्षिक कार्यक्रम शब्दले ‘विविए, विविएम, विटिटिएम, विएचएम, बिआइएम, विएएलएलवि, बीसीए, विएसडब्ल्यु, विएससी सिएसआइटि, विआइटि, विआइसिटिई कार्यक्रमलाई जनाउँछ ।

साथै यस शब्दले एमविए, एमविएम, एमटिटिएम, एमएचएम, एमआइएम, एमसिए, एमएसडब्ल्यू, एमएससी, सिएसआइटी, एमआइटी जस्ता कार्यक्रमसमेतलाई जनाउँछ ।’ हटाउने र उक्त बाक्यको ठाउँमा ‘साथै आन्तरिक स्रोत साधनद्वारा संचालन हुने विशेष शैक्षिक कार्यक्रम सम्बन्धित डीनको कार्यालयले विद्या परिषदद्वारा सिफारिस गर्नेछ ।’ भनी थप गर्ने निर्णय गरेको छ ।

१६ मंसिरमा बसेको त्रिवि सभा तथा कार्यकारी परिषदको बैठकले ‘आन्तरिक स्रोतबाट सञ्चालित विशेष शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी विनियम, २०८०’ पारित गरी विनियमावली लागू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?