+
+

कांग्रेसको महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते ७:४४

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रस्तावहरुमा सामूहिक छलफल सुरु हुँदै छ ।

महासमिति बैठकको प्रचार प्रसार उपसमिति संयोजक मीन विश्वकर्माले महासमिति बैठकमा आजदेखि विभिन्न समूहमा रहेर नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि छलफल सुरु हुने जानकारी दिए ।

आज बिहान ९ बजेदेखि सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री गगन कुमार थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमाथि छलफल हुन लागेको हो ।

बैठकमा अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पनि पेश हुनेछन् ।

महामन्त्री थापाको प्रतिवेदनलाई गएराति अन्तिम टुंगो लगाइएको थियो । देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा छलफलमा चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव महासमिति बैठकमा लैजाने सहमति जुटेको एक नेताले बताए ।

प्रस्तावहरुमाथि छलफल गर्न ‘तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ,’ प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्माले भने, ‘६० प्रतिशत प्रतिनिधिले बोल्न पाउने अवस्था हुन्छ ।’

नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सभापति देउवाले सोमबार उदघाटन गरेका थिए । नीति महाधिवेशनको रुपमा समेत लिइएको महासमिति बैठक फागुन १० गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?