+
+

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको जवाफ : म शतप्रतिशत नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १३:३०

काठमाडौं । अभिनेत्री तथा मोडल अदिती बुढाथोकी मुम्बईमा मोडलिङ र विज्ञापनमा व्यस्त छिन् । उनले अभिनय गरेका सांगीतिक भिडियो पनि आइरहन्छन् ।

यसबाहेक इन्स्टाग्रामबाट उनी हरेक दिनजसो आफ्ना स्टाइलिस तस्वीर सेयर गरिरहेकी हुन्छिन् । इन्स्टा स्टोरी र टाइमलाइनबाट उनी फ्यानसँग अन्तरक्रिया गरिरहेको पनि देखिन्छ ।

बेलाबेलामा अदितीले इन्स्टा स्टोरीबाट फ्यानसँग प्रश्नोत्तर गर्छिन् । पछिल्लो साता पनि उनले फ्यानसँग इन्स्टाबाटै प्रश्नोत्तर गरिन् । जसअनुसार फ्यानले उनलाई विविध प्रश्न गरेका छन् ।

केहीले मसँग विवाह गर्नुहुन्छ ? भनेर सोधेका छन् । केहीले तपाईं शाकाहारी कि मांसाहारी, रोम-कम फिल्म कहिले गर्नुहुन्छ ? भनेर सोधेका छन् । उनले आफ्नो मनपर्ने गायिका सधैंभरका लागि बियोन्से भएको बताएकी छन् ।

एक फ्यानले उनलाई तपाईं आधा नेपाली र आधा इण्डियन हो भनेर सोधेका छन् । यो प्रश्नको जवाफमा अदितीले आफू शतप्रतिशत नेपाली भएको र नेपाललाई माया गर्ने बताएकी छन् ।

उनले यी प्रश्नको जवाफ पनि सेयर गरेकी छन् । अर्का फ्यानले उनलाई तपाईं मधुबाला जस्तै देखिनुहुन्छ भनेर सोधेका छन् । उनले भनेकी छन्, ‘मलाई त्यस्तो लाग्दैन । म मधुबालाजीको ठूलो फ्यान हुँ । उहाँ सदावहार सुन्दरी र वरिष्ठ अभिनेत्री हुनुहुन्छ ।’

कामको कुरा गर्दा अदितीले ‘कृ’बाट नेपाली फिल्ममा अभिनय करिअर थालेकी थिइन् । उनको पछिल्लो फिल्म ‘बाबरी’ हो । उनको होमप्रोडक्सन अदिती बुढाथोकी फिल्म्सले निकट भविष्यमा फिचर फिल्म बनाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?