+
+

बागमतीको प्रदेशसभा १५ फागुनमा बोलाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते २१:३१
बागमती प्रदेशसभा बैठकको फाइल तस्वीर ।

४ फागुन, हेटौंडा । बागमती सरकारले प्रदेशसभा बैठक १५ फागुनमा आह्वान गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हिउँदे अधिवेशन १५ फागुनमा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षका सांसदका योजना समावेश गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा २२ असोजदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

मन्त्री लामाका अनुसार प्रतिपक्ष दलसँग बजेटमा योजना समावेश गर्नेबारे कुनै नयाँ सहमति भएको छैन । ‘उहाँहरुसँग पटक–पटक वार्तामा बसेका थियौं । कुनै सहमति भने भएको छैन’, उनले भने ।

सांसदका योजना बजेटमा समावेश गर्न सरकारले अस्वीकार गरेपछि प्रतिपक्षी दलहरु नेकपा एमाले र राप्रपाले प्रदेशसभामा नै प्रतिवाद गर्ने बताएका छन् ।

सरकारले सदनको सहज सञ्चालनका लागि १३ फागुनमा सर्वदलीय बैठक राखेको मन्त्री लामाले जानकारी दिए । सर्वदलीय बैठकमा प्रतिपक्षसँग छलफल हुने र प्रदेशसभा सञ्चालनका लागि अगाडि बढ्ने लामाले विश्वास लिए ।

प्रतिपक्षले सदन सञ्चालनमा अवरोध गर्ने चेतावनी दिइरहेको प्रश्नमा लामाले भने, ‘सहमतिका लागि सर्वदलीय बैठक बोलाएका छौं । त्यहाँबाट एउटा सहमति गरेर अगाडि बढ्छौं ।’

नेकपा एमालेका सांसद एकालाल श्रेष्ठले सहमति कार्यान्वयन नभएसम्म प्रतिपक्षले आफ्नो तरिकाबाट भूमिका निर्वाह गरिराख्ने बताए ।

चालू आवर्षको बजेट २२ असारमा पास गरेपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यसपछि १८ भदौमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो । २४ र ३० भदौ, १४, १५, २२ असोजमा बसेपछि प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?