+
+

पुलिसले जित्यो जीएम कप भलिबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ४:४५

९ फागुन, काठमाडौं । नेपाल पुलिस क्लबले प्रथम जिएम कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफमाथि ३-२ को सेटमा रोमाञ्चक जित हात पार्दै पुलिस च्याम्पियन बनेको हो ।

नवलपरासीको कावासोतीस्थित कुमारवर्ती क्याम्पस प्रांगणमा पुलिसले एपीएफलाई २६-२४, २१-२५, २५-२१, २१-२५,१५-१२  ले पराजित गरेको हो ।

यस्तै गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३-२ कै सेटमा हराएर तेस्रो भएको छ ।

जीएम समाज कावासोतीको आयोजनामा भएको जीएम कप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोलीसहित गण्डकी प्रदेश र स्थानीय दुई टोली गरी कुल ६ टोलीको सहभागिता थियो ।

जीएम कप उपाधि विजेता पुलिसले ट्रफी सहित नगद २ लाख प्राप्त गर्‍यो । यस्तै उपविजेता एपीएफले १ लाख तथा तेस्रव भएको गण्डकीले ५० हजार हात पार्‍यो ।

प्रतियोगितामा पुलिसका रविन चन्द्र सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?