+
+

पुलिसलाई हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:३१

१५ फागुन, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले नेपाल पुलिसलाई ४–० गोलले हरायो ।

खेलको पाँचौं मिनेटमा क्रिस्टोफर चिजोबाले हेडर गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो गोल भएको १ मिनेटपछि नै मछिन्द्रका लागि स्टेफन समिर विनोङले दोस्रो गोल गरे । त्यस्तै खेलको ११ औं मिनेटमा पुन चिजोबाले गोल गर्दै खेललाई एक तर्फी बनाएका थिए ।

खेलको ३८ औं मिनेटमा पुलिसका कप्तान रामचन्द्र वाजीको बल आत्मघाती गोल हुँदा पुलिस ४–० ले पछि परेको हो । पहिलो हाफमा भएका यी ४ गोल नै निर्णायक बने ।

मछिन्द्र क्लबले सेमिफाइनलमा मानेभञ्याङ क्लबसँग सेमिफाइनलमा भेट गर्नेछ । यी दुई टिमको सेमिफाइनल दशरथ रंगशालामा बिहीबार दिउँसो ३ बजे हुनेछ । केपी ओली कप २०८० को फाइनल भने शनिबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?