+
+

आयोजक टिमलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १५:०९

१५ फागुन, काठमाडौं । आयोजक टिम केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै जावलाखेल युथ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा ३९ औं मिनेटमा गोल गर्दै जावलाखेल युथ क्लबका लागि निराजन धामीले टिमलाई १–० को अग्रता दिलाएका थिए । उनले कमल श्रेष्ठको ब्याक पास बलमा अनन्त तामाङलाई ओभरटेक गर्दै प्रिसोसँगको वान बाई वानमा गोल गरेका हुन् ।

खेलकोे ८१ औं मिनेटमा पुन निरज चौधरीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । निरजले दुई डिफेन्डरलाई बिट गर्दै डी बक्स अगाडिबाट गोल गरेका हुन् ।

केपी ओली एफसीका लागि सुमित श्रेष्ठको फ्रि किकमा अडामा डाम्बियाले ८४ औं मिनेटमा हेडरमार्फत जवाफी गोल फर्काए ।

पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनल पुगेको केपी एफसी दोस्रो खेलमा पराजित हुँदै बाहिरिएको हो ।

न्युरोड टिम–एनआरटी पनि थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

जावलाखेल युथ क्लबले अब न्युरोड टिम एनआरटीसँग बिहीबार सेमिफाइनलमा खेल्ने छ । यी दुई टिमबीचको पहिलो सेमिफाइनल खेल दशरथ रंगशालामा ११:३० बजे सुरु हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?