+
+

पुलिस केपी ओली कपको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:५१

१३ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको क्वाटरफाइनल प्रवेश गरेको छ । गोलरक्षक अमित टमटाको उत्कृष्ट गोलकिपिङमा पुलिस क्वाटरफाइनल प्रवेश गरेको हो ।

आर्मीको २ पेनाल्टी रोक्दै अमित खेलका नायक बने । निर्धारित ९० मिनेट र थप गरिएको ४ मिनेटमा समेत दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पुलिसका लागि कप्तान राम वाजीले टिमका लागि दोस्रो पेनाल्टी प्रहार गर्दा पोष्ट बारमा लागेर बाहिरिएको थियो । यो अवस्थामा पुलिसका नियमित गोलरक्षक शत्रुधन कुमारलाई प्रतिस्थापन गर्दै अन्तिम समयमा अमित मैदान प्रवेश गरेका थिए ।

अमितले आर्मीको तेस्रो पेनाल्टी, भुपेन्द्र जंग रायको गोल र नेपालका चर्चित स्ट्राइकर नवयुग श्रेष्ठको अन्तिम पेनाल्टी रोक्दै टिमका लागि नायक बनेका हुन् ।

पुलिसले अब सेमिफाइनल पुग्न मंगलबार मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले थ्री स्टार क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको फाइनल भने शनिबार दशरथ रंगशालामा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?