+
+

प्रतिवेदनमा सुझावका लागि कांग्रेस महासमिति सदस्यलाई ५ मिनेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ११:०७

९ फागुन,काठमाडौं । नेपाली कांग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदन माथि बोल्न पाँच मिनेट समय पाउने भएको छन् ।

बैठक तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल सुरु भएको छ । २२ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाज गरिएको छ । प्रतिवेदन माथि बोल्न चाहनेका लागि पाँच मिनेट समय तोकिएको छ ।

समूहगत विभाजनबाट सबैले धारणा राख्न सक्ने गरी व्यवस्था गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए । ‘महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं,’ उनले भने ।

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल जारी रहेको छ । कांग्रेसको महासमिति बैठक बिहीबार सकिँदैछ ।

बुधबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?