+
+
सीतापाइला घटना :

परिवारका ३ सदस्यको हत्यापछि राजु आफैंले दिएका थिए सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:३१

९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् ।

आफन्तका अनुसार ईश्वरीको दोस्रो बिहे थियो । पहिलो श्रीमानबाट भएको छोरा विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठसँगै बस्दै आएका थिए ।

राजु र ईश्वरीको १५ वर्षका छोरा र ८ वर्षकी छोरी अनिशा थिए । अरु दिनझैं बुधबार बिहान पनि बुहारी बिहानै काममा गएकी थिइन् । राजुले १५ वर्षका छोरालाई भने १०० रुपैयाँ दिएर गुलमारी किन्न पसल पठाएका थिए ।

त्यसपछि घरमा भएका तीन जनाको हत्या गरे । बिहान करिब ९ बजेतिर ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी र नातिनीको हत्या गरेपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै छोरा र ससुरालीमा फोन गरेको पाइएको छ ।

त्यसपछि स्थानीय घटनास्थलमा पुगेको तरकारी पसल चलाउने फुलमाया स्याङ्बोले बताइन् ।

तीन जनाको हत्या भएको घर

हत्या राजुले नै गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी थाल्यो । तर घरभन्दा केहीपर नागार्जुन नगरपालिका वडा नं. ५ सितापाइला हरिसिद्धीको जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?