+
+

सामुदायिक संघ संस्थामा पार्टीबाट उम्मेदवार बनाउने नीति छैन : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:४५

९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सामुदायिक संघ-संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार बनाउने नीति नरहेको बताएको छ ।

विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समितिमा भागवण्डाको आधारमा नेतृत्व छनोट गर्ने परम्पराको विपक्षमा रास्वपा रहेको विज्ञप्ति मार्फत जनाइएको छ ।

‘सामुदायिक संस्था स्थापना/सञ्चालनको उद्देश्य गैरराजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता छ,’ महामन्त्री मुकुल ढकालले निकालेको विज्ञप्तिमा भनिएको छ ।

समर्थक व्यक्तिगत रूपमा सामुदायिक संघ संस्थामा आवद्ध हुन सक्ने भएपनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्न नपाउने रास्वपाले जनाएको छ ।

रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न/नगराउन पार्टीले कार्यकर्तालाई अनुरोध गरेको छ । पार्टीको नीति विपरीतको क्रियाकलापमा सहभागी भए कारबाही गरिने चेतावनी रास्वपाले दिएको छ ।

रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै रास्वपाका उम्मेदवार दुई दिन अघि निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?