+
+

हजार र पाँच सयका नोट प्रतिबन्ध लगाऔं : अर्जुन नरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १४:०५

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।

भ्रष्टचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने उनको मत छ । त्यसका लागि पार्टीले नेतृत्व लिएर कार्यान्वयन गर्नुपर्ने सुझाव पार्टीको महासमिति बैठकमा उनले राखे ।

‘माफिया, विचौलिया, कालोधनका धनपतिले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ,’ केसीले महासमिति बैठकमा लिखित मन्तव्य राख्दै भने,‘देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ ।’

नेता केसीले संविधान संशोधनका लागि परामर्शको थालनी कांग्रेसले लिनुपर्ने सुझाव दिएका छन् । निर्वाचन प्रणाली सुधार, गठबन्धनलाई बनाउन वाध्य पार्ने समानुपातिक प्रणालीको खारेजी, संघीय र प्रदेश सांसदको आकार घटाउन संविधान संशोधनको आवश्यकता रहेको उनले बताए ।

पार्टीमा एक व्यक्ति एक पदको नीति अनिवार्य लागु गर्नुपर्ने केसीले बताए । १५ औं महाधिवेशन नियमित समय अनुसार २०८२ मंसिरभित्र हुनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?