+
+

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते ९:२१

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा, नेताहरुको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उपाध्यक्ष गणेश शाहले जानकारी दिए ।

उनका अनुसार आगामी चैत १ देखि १५ गतेसम्म हुने तराई मधेश जागरण अभियान र आगामी वैशाख १ देखि १५ गतेसम्म हुने हिमाल, पहाड, तराई एकता अभियानको विषयमा पनि बैठकमा छलफल हुन सक्ने छ । ‘अभियानको रुट, लिडर र कार्यक्रमको खाकाको विषयमा पनि आजको बैठकमा छलफल हुनसक्छ,’ उनले भने ।

बैठकमा सरकारका काम र गठबन्धनको समीक्षा पनि हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?