+
+

प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि कांग्रेस सांसदले गरे नियमापत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:२७

१० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्यङ्ग्य गर्दै गरेको प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरुले आपत्ति जनाएका छन् ।

राप्रपाकी सांसद कार्कीले प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेकी थिइन् । त्यसपछि कांग्रेसकी सचेतक शुशिला थिङले नियमापत्ति गरिन् ।

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।

सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । साथै सिंगो सदनको ध्यान आकृष्ट गराएको भन्दै एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई बोल्न दिए ।

सभामुखको भनाइमा चित्त नबुझाएर कांग्रेसकै सांसद देवप्रसाद तिमिल्सनाले पनि नियमापत्ति गर्न खोजे । तर सभामुखले समय दिएनन् । ‘ध्यानाकर्षण भयो मैले भनिसकेँ । अब यसमा धेरै अगाडि नजाऔं । ध्यान आकृष्ट भएको छ । ध्यान पुर्‍याएर सम्पूर्ण माननीय सदस्यले आफ्नो कुरा राख्दा राख्नुहुनेछ’ सभामुख घिमिरेले भने ।

आसनबाट उठेर कांग्रेस सांसद तिमिल्सनाले प्रधानमन्त्रीका सम्बन्धमा प्रयोग भएको गलत शब्द हटाएर जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?