+
+

राजेन्द्र लिङदेनको प्रश्न : संघीयताले मधेशलाई के दियो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १९:०५

५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक संघीयतामा गएपछि मन्त्रीहरुको संख्या बढ्नु बाहेक अरु नभएको बताएका छन् ।

व्यवस्था उल्ट्याउने सहितका ४० बुँदे मागबारे जागरण अभियान थालेको राप्रपाका अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाले जनतालाई केही नदिन नसकेको बताएका छन् ।

सर्लाहीको बरहथवामा आयोजित सभामा लिङदेनले भने, ‘संघीय गणतन्त्रमा मधेशबाट ५० जना संघको मन्त्री र उत्तिकै संख्यामा प्रदेशमा मन्त्री भए, तर जनताको जीवनस्तर परिवर्तन भएन ।’

मधेशको कार्यक्रममा संघीयताको विरोध नगर्न आफूले सुझाव पाएको भन्दै उनले भने, ‘राजेन्द्र, मधेशमा गएर संघीयताको विरोध नगर्नु है, तर म सोध्न चाहन्छु– संघीयताले तपाईलाई के दियो ?’

अध्यक्ष लिङदेनले मधेशबाट राष्ट्रपति, उपराष्ट्रपति र महत्वपूर्ण मन्त्रालय पाइसक्दा मधेशी जनता झनझन् कमजोर बन्दै गएको बताए । ‘अहिले राप्रपा बाहेक नेपाली जनताको भरोसा अरु कुनै राजनीतिक शक्तिसँग छैन । अन्यसबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेका छन्, गलत सावित भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?